जनकपुरधाम, असार ११ गते । धनुषा ९ जना सहित प्रदेश २ मा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसंगै प्रदेश २ मा संक्रमितको संख्या ३ हजार २ य १६ पुगेको छ ।
प्रादेशिक अस्पताल जनकपुरको प्रयोगशालामा गरिएको परीक्षणमा बिहीवार धनुषामा ९, महोत्तरीमा ५ र सिरहामा २ जनामा कोरोना पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालयले जारी गरेको सूची अनुसार धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा ५ र बटेश्वर गाउँपालिकामा ४ गरी ९ जनामा र महोत्तरीका लोहपरट्टी नगरपालिकामा १ र मनरा सिस्वा नगरपालिकामा ४ गरी ५ तथा सिरहाको लहान स्थित जेएस मुरारका क्वारेन्टाईनमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म प्रदेश २ का सप्तरीमा १६३, सिरहामा १५५, धनुषामा ३१५, महोत्तरीमा ५६४, सर्लाहीमा ६२१, रौतहटमा ११३५, बारामा १०७ र पर्सामा १५६ जना संक्रमित भइसकेका छन ।
बिहीवार ३३ जना सहित हालसम्म प्रदेशमा उपचार पश्चात कोरोनाबाट निको भई १२६७ जना घर फर्किसकेका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !