जनकपुरधाम, असार १० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गत बर्दिबास उपवितरण केन्द्रमा कार्यरत तत्कालीन इन्चार्जसहित आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
ग्राहकबाट उठाएको महसुल राजश्व खातामा जम्मा नगरी अपचलन गरेको पाइएको खुलेपछि अख्तियारले इन्चार्ज सञ्जीव शर्मासहित ८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले राजश्व अपचलन गरेको अभियोगमा शर्मा विरुद्ध रु २० लाख ३३ हजार २७२, प्राधिकरणका कर्मचारीहरू अरविन्दप्रसाद जयसवालविरुद्ध रु चार लाख ७५ हजार ४६६ र बागेश्वरीकुमारी कर्णविरुद्ध रु ५३ हजार ८२१ बिगो कायम गरी मुद्दा दायर गरेको छ ।
त्यस्तै कर्मचारीहरू चन्द्र भूषण महत्तो रु चार लाख छ हजार १३९, धर्मेन्द्रकुमार महतो रु ६६ हजार ८३७, अजितमान सिंह रु २२ हजार ८१३, स्मिता कट्टेल रु सात लाख ७४ हजार १०४, अन्जुकुमारी बस्नेत रु १२ हजार बराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले एक विज्ञप्ति जारी गरी जनाएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !