जनकपुरधाम, असार ८ गते । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ६८ जना कोरोना संक्रमित थपिएसंगै संक्रमितको संख्या ३ हजार ९७ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार मंगलवार २ महिला र ६६ पुरुष गरी ६८ जनामा मंगलवार कोरोना संक्रमण पुष्टि भएको छ ।
धनुषामा २९, महोत्तरी १२, सिरहामा ७, सप्तरीमा ५, रौतहटमा १३ र सर्लाहीमा २ जना कोरोना पुष्टि भएको समाजिक मन्त्रालयले जारी गरेको सूचीमा उल्लेख छ ।
केन्द्रीय प्रयोगशाला, जनकपुर स्थित प्रादेशिक र राजविराज स्थित प्रयोगशालामा गरिएको परिक्षणमा धनुषाको लक्ष्मिनिया गाउँपालिकामा १४, मिथिला बिहारीमा ३, सबैलामा १०, जनकनन्दनी र औरही गाउँपालिकामा १/१ जना गरी २९ जनामा कोरोना पुष्टि भएको हो ।
त्यसैगरी महोत्तरीको बलवा नगरपालिकामा १२, सिरहाको एसएसएमसी क्याम्पस, धनगढी माई र कल्याणपुर नगरपालिका स्थित क्वारेन्टाईनमा १/१ जना तथा भगवानपुर नगरपालिकामा ४ जना कोरोना संक्रमित भेटिएका हुन । सप्तरीको हनुमाननगर कंकालिनी र छिन्नमस्ता नगरपालिकामा ३ र २ जना गरी ५ जना संक्रमित फेला परेको हो ।
रौतहटको गौर अस्तपतालमा ६, राजदेवी नगरपालिकामा ५ र ठाउँ थाहा खुलेको स्थानमा २ जना गरी १३ जना र सर्लाहीको हरिपुरर्वा तथा बरहथवा नगरपालिकामा १/१ गरी २ जना संक्रमित भेटिएका हुन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !