राजविराज, असार ८ गते । प्रदेश २ का प्रदेश सभा सदस्य विदेश्वर प्रसाद यादव (विक्की) ले सप्तरीको बिभिन्न स्थानीय तहका वडाहरुमा कोरोना भाइरस बिरुद्वको स्वास्थ्य सामग्री बितरण गरेको छ ।
प्रदेश सभा सदस्य यादवले आफ्ना निर्वाचन क्षेत्र ३ को २ अन्तर्गतका डाक्नेश्वरी र शम्भुनाथ नगरपालिका तथा राजगढ गाउँपालिकाको बिभिन्न ठाउँमा रहेको क्वारेन्टिन र स्वास्थ्य चौकीमा कोरोनाबिरुद्वका स्वास्थ्य सामग्रीहरु बितरण गरेका हुन ।
संसदीय कोषबाट १७ वटा वडाका क्वारेन्टाइन तथा स्वास्थ्य संस्थामा पिपिई ८३ थान, पन्जा ६ सय थान, जेल सेनिटाइजर १ सय ३० थान, सेनिटाइजर १ सय लिटर, एन–९५ मास्क २ सय १० थान, साबुन १ हजार पिस, सर्जिकल मास्क १ हजार थान, चश्मा ५० थान बितरण गरिएको प्रदेश सभा सदस्य यादवले जानकारी दिएका छन ।
ती सामग्रीहरु एक कार्यक्रम विच सांसद यादवले सम्बन्धीत वडाका अध्यक्षहरुलाई हस्तान्तरण गरिएको हो । सामाग्री पाएका वडाअध्यक्षहरुले कोरोना विरुद्धको यो स्वास्थ्य सामाग्रीले स्वास्थ्यकर्मी र क्वारेन्टाइनमा बस्नेहरुका लागि आवश्यकताको बेलामा निकै राम्रो काम भएको भनी खुशी व्यक्त गरेका छन ।
यस्तै डाक्नेश्वरी नगरपालिकाको स्वास्थ्य चौकीका प्रमूखहरुलाई भाईरस प्रतिरोधात्मक सामग्री वितरण गरेको नगरपालिका स्वास्थ्य सहसंयोजक उमेश साहले जानकारी दिए । यसै विच डाक्नेश्वरी नगरपालिकामा पर्ने सशस्त्र वेश क्याम्प र ईलाका प्रहरी कार्यालय पातोलाई पनि स्वास्थ्य सामग्री प्रदान गरेको सहसंयोजक साहले बताएका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !