काठमाडौँ, असार ५ गते । चीनको ईशारामा नेपालले हतारमा नयाँ नक्सा ल्याएको भारतले लगाउंदै आएको बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बाट प्रशिक्षण लिने भएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग, चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत स्वशासित क्षेत्र कमिटी र नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय पार्टी स्कूल विभागको संयुक्त संयोजनमा यस्तो कार्यशाला निश्चित गरिएको हो । प्रशिक्षणका तय गरिएको कार्यशाला वेबनार एप जुममार्फत सञ्चालन हुनेछ ।
बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टी, अन्तर्राष्ट्रिय विभागका नेताहरूले नेपालका कम्युनिस्ट नेताहरूलाई आफ्ना अनुभव प्रस्तुत गर्नुका साथै सुशासनका लागि पार्टीको अनुशासन, भ्रष्टाचार विरूद्धको शून्य सहनशीलता, समसामयिक विश्व परिस्थिति लगायतका विषयमा प्रशिक्षण दिने बताइएको छ ।
तर नेकपाकै नेताहरुले यो कार्यक्रम प्रशिक्षण नभएर सरकार र पार्टी सञ्चालनमा दुई कम्युनिस्ट पार्टीबीचको अन्तरक्रिया रहेको जनाएको छ ।
नेकपालाई प्रशिक्षणको नाममा कम्युनिष्ट शासित राज्य बनाउन सरकार संचालन बारे र भारत विरोधी रणनीतिक तयार गर्न चीनले अन्तरक्रिया गर्न लागेको कुटनीतिक जानकारहरुको भनाई छ । उनीहरुले भने अहिले सीमाका लागि छिमेकी राष्ट्र मतभेद रहेको समयमा ती समस्याको समाधान गरी आरोपित व्यक्तिबाट सरकार चलाउने प्रशिक्षण लिनु भनेको पार्टीका लागि राम्रो हुन सक्छन सरकार पक्ष सहभागी हुनु भएको कुटनीतिक मर्यादा विपरित छ ।
राजनीतिक विश्लेषकहरु भन्छन — सीमाको लागि जुन छिमेकी सँग विवाद छ, त्यसले युद्ध जारी राखेका अर्का छिमेकीसँग साँठगाँठ बढाउनु उचित होइन ।
अहिले भारतसँग हाम्रो सीमाका लागि विवाद छ, कुटनितीक पहल गर्नुको सट्टा, चीनको उक्साहटमा नेपाल हामी विरुद्ध लागेको भारतले भन्दै आएको बेला, त्यही चीनसँग जसको भारतसँग सीमाको लागि युद्ध चलिरहेको त्योसँग सरकार पक्षबाट प्रशिक्षणको नाममा आन्तरिक सम्बन्ध बढाउनु कुटनीतिक मर्यादा विपरित हो ।
उनीहरुले प्रशिक्षण पछि पनि गर्न सकिन्थ्यो, तर त्यो कुनै राजनीतिक दलले मात्र सहभागी जनाउने गरी तर सरकारमा बसेका मन्त्रीहरु र ती दलका नेताहरु सहभागी हुनु भनेको भारतले लगाउंदै आरोप कतै न कतै सही हो कि जनतालाई दोधारमा पारेको भन्छन ।
भिडियो अन्तर्क्रिरयामा नेपालका तर्फबाट नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल लगायत १ सय भन्दा बढी उच्चस्तरीय नेताहरूको सहभागिता रहनेछ ।
नेताहरूलाई चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ थाओ लगायत नेताहरूले प्रशिक्षित गर्ने जनाइएको छ । यसअघि गत वर्ष असोजमा दुवै देशका पार्टीको संयुक्त पहलमा काठमाडौंमा दुई दिने विचार गोष्ठी समेत सम्पन्न भएको थियो ।
यसैबीच पार्टीको विदेश विभागलाई थाहै नदिई चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागसँग कार्यशाला गोष्ठी आयोजना गरेको भन्दै सो पार्टीकै नेताहरुले असन्तुष्टि जनाएका छन् ।
वैदेशिक सम्बन्धका कार्यक्रमहरु विदेश विभागमार्फत हुनुपर्ने भन्दै विभागसँग सम्बन्धित नेताहरु असन्तुष्ट भएका हुन् । कार्यक्रमबारे नेकपाको विदेश विभागलाई जानकारी नरहेको विभागसम्बद्ध नेताहरुले बताएका छन् ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !