जनकपुरधाम, असार ४ गते । पारिश्रमिकको मांग गर्दै पुर्व स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा. सुरेन्द्र यादवको निजी अस्पतालबाट चिकित्सकहरुले सामूहिक रुपमा राजीनामा दिएका छन ।
जनकपुरधामस्थित डा. यादवको जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटल प्रालिमा कार्यरत ८ जना चिकित्सकहरुले काम गरे वापतको उचित पारिश्रमिक नदिएको भन्दै सामूहिक रुपमै राजिनामा दिएका छन् ।

ती चिकित्सकहरुले आफूहरुलाई नेपाल सरकारले तोके बमोजिमको तलबभत्ता अस्पताल प्रशासनले उपलब्ध नगराएको र उल्टै बर्खास्त गर्ने धम्की पटक पटक दिएर मनोबल गिराउने काम गरेको कारण बाध्य भएर राजीनामा दिएको बताएका छन् ।
अस्पताल व्यवस्थापनका कारण उचित पारिश्रमिक लेनदेनमा कुरा मिल्न नसकेको र काम गर्नसक्ने अवस्था नरहेकाले अस्पताल प्रशासनलाई पटकपटक जानकारी गराउंदा पनि काम गर्ने वातावरण बनाइदिन आग्रह गर्दा समेत बेवास्ता गर्दै आएको कारण बाध्य भई राजीनामा दिनुपरेको एक चिकित्सकले बताएका छन ।
राजीनामा दिएका मध्ये एक चिकित्सकले भने जनकपुरधामका निजी अस्पतालहरुले सेवाग्राहीसँग मनपरी रुपमा रकम असुल्ने गर्छ तर कार्यरत चिकित्सकहरुको न त ड्यूटीको कुनै समय तोकिएको हुन्छ न त पारिश्रमिक नै निर्धारण गरिएको छ । जुन हस्पिटललाई जति मन लाग्यो त्यति दिन्छ र मनलाग्दी रुपमा काम गराउने गरेको छ । काम शुरु गर्ने बेलामा अस्पताल व्यवस्थापकले सम्झौता पनि गर्दैन जसलाई जतिबेला मन लाग्छ त्यतिबेला राख्ने र कामबाट हटाई दिने गरेको छ ।
उनीहरुले निजी अस्पतालमा काम गर्ने चिकित्सकहरुले नेपाल सरकारले तोकेको तलब बमोजिम पाउनुपर्ने माग गर्दै आइतबार जिल्ला प्रशासन कार्यालय तथा श्रम, प्रदेश समाज कल्याणमा ज्ञापनपत्र बुझाउने तयारी समेत गरेको बताएका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !