जनकपुरधाम, असार ४ गते । जनमत पार्टीका संयोजक डा. सिके राउतलाई देश द्रोहको मुद्दामा सफाई दिइएको छ ।
सवोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र मीराकुमारी खड्काको इजलासले राउतसहित १६ जनालाई सफाइ दिएको हो । यसअघि राउतलाई विशेष अदालतलेसमेत सफाइ दिएको थियो ।
देश विभाजनको अभिव्यक्ति दिएको भन्दै राउतसहित उनको एक समूहविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको थियो । विशेषको फैसला त्रुटीपूर्ण भन्दै सरकारले सर्वोच्चमा पुनरावेदन गरेको मुद्दाको सुनुवाइ बुधबार भएको हो ।
यो फैसलासँगै राउत अब खुला रुपमा हिँडडुल गर्न पाउने छन् । २०७५ फागुन २४ गते सरकारले राउतसँग सम्झौता गरेको थियो। सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र राउत नेतृत्वको स्वतन्त्र तराई मधेस गठबन्धनबीच सम्झौता भएको थियो ।
सिके राउतले मूलधारको राजनीतिमा आएर स्वतन्त्र मधेस राज्यको माग छाड्ने प्रतिवद्धता जनाउँदै सरकारसँग सम्झौता गरेका थिए ।
राउतसँगको उक्त सहमति र हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेतको उपस्थिति रहेको थियो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !