जलेश्वर, असार ३ गते । एकै पटक १ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले महोत्तरीको सम्सी गाउँपालिकालाई सिल गरेको छ ।
पछिल्लो २४ घण्टामा बुधवार महोत्तरीमा २ सय जनामा संक्रमण पुष्टि भएकोमा सम्सी गाउँपालिकाकै १ सय ८२ भेटिएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले असार ३ गते राती १२ बजे देखि लागु हुने गरी सो गाउँपालिकालाई सील गरेको हो ।

जिप्रका महोत्तरीले एक प्रेस विज्ञप्ती जारी गरी असार ३ गते पुष्टी भएको १ सय ८२ सहित सम्सी गाउँपालिका स्थित विभिन्न क्वारेन्टाईनमा रहेका व्यक्तिहरु मध्ये हाल सम्म प्राप्त भएका रिपोर्टहरु मध्ये २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टी भएकोले सम्सी गाउँपालिकाका सम्पूर्ण क्षेत्र असार ३ गते राती १२ बजे देखि असार ६ गते राती १२ बजे सम्मको ७२ घण्टाको लागि सील गरिएको जनाएको छ ।
जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्र महोत्तरीको असार ३ गतेको निणर्य अनुसार सम्सी गाउँपालिका भित्रका औषधी पसल, एम्बुलेन्स, स्वास्थ्य सेवा, मृत्युसंस्कार बाहेक सम्पूर्ण क्रियाकलाप निषेध हुने गरी पूर्ण रुपमा सिल गरिएको विज्ञप्तीमा भनिएको छ ।
महोत्तरीमा एकै दिन थपिए २ सय संक्रमित थपिएसंगै संक्रमितको संख्या ५०८ पुगेको छ । पछिल्लो पटक २ सय जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ७ जना महिला र १ सय ९३ जना पुरुष रहेका छन् । यी मध्ये १ सय ८२ सम्सी गाउँपालिका, १२ जना बलवा नगरपालिका, ४ र २ जनाको विवरण खुल्न नसकेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाउको छ ।
जनस्वास्थ्य कार्यालय महोत्तरीका कोभिड १९ का फोकल पर्सन गीरेन्द्रकुमार झाका अनुसार थपिएका संक्रमित मध्ये एक जना स्वास्थ्यकर्मी पनि छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !