बर्दिबास, असार ३ गते । महोत्तरीको बर्दिबास नगरपालिका ९ स्थित बनरझुल्ला माध्यमिक विद्यालय पशुपतिनाथको प्राङ्गणमा बाल उद्यान (चिल्ड्रेन पार्क) को शिलान्यास गरिएकोे छ ।
विद्यालयमा विद्यालयमा पढ्न आउने विद्यार्थीलाई पढाई संगै खेलकुदको मनोरञ्जनमा सहायक सिद्ध हुने भनी बाल उद्यानको शिलान्यास गरिएको हो ।

बुधवार एक समारोहका बीच प्रदेश २ का प्रदेश सभासदस्य शारदा देवी थापा तथा बर्दिबास नगरपालिकाका नगरप्रमुख बिदुरकुमार कार्की सहितका आमन्त्रित अतिथिहरुले संयुक्त रुपमा सो बाल उद्यानको शिलान्यास गरेको छ ।
स्थानीय जनसहयोगी युवा सञ्जालको सहकार्य तथा समाजिक अभियन्ता एवं सञ्चारकर्मी राजकरण महतो र स्थानीय सञ्चारकर्मी अमृतकुमार महतोको प्रयासमा सो विद्यालयमा बाल उद्यानको निर्माण गर्न लागिएको छ । अभियानीहरुले उद्यान निर्माणका लागि कार्यक्रम स्थलबाटै तीन लाख पचास हजार रुपैयाँ संकलन गरेका छन ।
शिलान्यास कार्यक्रममा प्रदेश २ का सभासद शारदा देवी थापाले अभियानीहरुको कार्यबाट खुशी लागेको भन्दै मुठीमानोको बलमा चालिएको बाल उघान योजना अधुरो नरहने बताईन ।
बर्दिबास नगरपालिकाका नगरप्रमुख कार्कीले कम्प्युटर ल्याबसहितको शिक्षा सञ्चालनका निम्ति कार्यदल गठन गरेर तुरुन्त उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
विज्ञान र प्रविधिसँग विद्यार्थीलाई परिचित गराउन कम्प्युटर ल्याबसहितको शिक्षा प्रदान गर्न आवश्यक रहेको औल्याउँदै विद्यालयको भौतिक संरचनामा पनि नगरपालिकाले सहयोग गर्ने उनले जनाए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !