जनकपुरधाम, असार ३ गते । पछिल्लो २४ घण्टामा प्रदेश २ मा ३४८ जना थपिए संगै कोरोना भाइरस संक्रमितको संख्या २ हजार ७ सय १३ पुगेको छ ।
बुधबार मात्रै २१ जना महिला र ३ सय २७ जना पुरुष गरी ३ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेका अनुसार पछिल्लो पटक सार्वजनिक रिपोर्ट अनुसार सिरहामा १, धनुषामा २६, महोत्तरीमा २ सय, सर्लाहीमा ६, रौतहटमा १ सय ११ र बारामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
वैश्विक महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट प्रदेश २ देशैभरिमा सबैभन्दा बढी प्रभावित भएको हो । प्रदेश २ मा सबैभन्दा धेरै संक्रमित रहेको छ ।
हालसम्म प्रदेश २ को सप्तरीमा १ सय ३२, सिरहामा ७१, धनुषामा २ सय ११, महोत्तरीमा ५ सय ७, सर्लाहीमा ५ सय ३३, रौतहटमा एक हजार ५, बारामा एक सय र पर्सामा १ सय ६ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !