जनकपुरधाम, जेठ २८ गते । पछिल्लो २४ घण्टामा प्रदेश २ मा १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या १ हजार ५ सय ७३ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयद्वारा प्रसारित नियमित मिडिया ब्रिफिङमा सचिव डा. रामप्रसाद घिमिरेले सप्तरीका ६, सिरहाका १३, रौतहटका ६८, महोत्तरीका ४४, धनुषाका २२ र सर्लाहीका ४३ जनामा कोरोना पुष्टि भएको हो ।

उनका अनुसार सप्तरीको छिपरमाई गाउँपालिका, सिरहाको सिरहा नगरपालिका, महोत्तरीको जलेश्वर नगरपालिका, मनरासिस्वा गाउँपालिका, सर्लाहीको रामनगर, कविलासी, हरिवन, चन्द्रनगर र रौहतटको विभिन्न क्वारेन्टाईनमा रहेका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।
सो मिडिया ब्रिफिङ धनुषाको कुन र कहाँको क्वारेन्टाईना संक्रमित फेला परेको भन्ने कुरा जनाइएको छ ।
हाल प्रदेशको सप्तरीमा १ सय ११, सिरहामा ६२, धनुषामा १ सय ४४, महोत्तरीमा एक सय ६७, सर्लाहीमा ४ सय ११, रौतहटमा ४ सय ७६, बारामा ७७ र पर्सामा १ सय २२ जनामा कोरोना पुष्टि भइसकेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !