काठमाडौ, जेठ २७ गते । मंगलवार पछिल्लो २४ घण्टामा ३ सय २३ जनामा कोरोना भाइरसमा पुष्टि भएसंगै देशभरिमा संक्रमितको संख्या ४ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार गरेको मिडिया ब्रिफिङमा संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको छ भने पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् ।
हालसम्म देशभरिमा संक्रमणले १५ जनाको मृत्यु भएको छ भने ५८४ जना डिस्चार्ज भइसकेको छ ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै महात्तेरीमा ५० जना कोरोना संक्रमित थपिएका छन् । धनुषामा ४५, चितवनमा २४, रौतहटमा २१, रुपन्देहीमा २०, कञ्चनपुरमा १९, सर्लाहीमा १६ र नवलपुरमा १५ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै सल्यान, नवलपरासी र सिराहामा १२÷१२, बाग्लुङमा ११, कपिलवस्तु र दार्चुला १०÷१०, बाँके ९, डडेलधुरा र सप्तरीमा ७÷७, दाङ ६, सुर्खेत ४, मोरङ ३ र जुम्ला र नुवाकोट २र२ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
इलाम, सुनसरी, धादिङ, म्याग्दी, सर्लाही र कैलालीमा एकएक जनामा संक्रमण पुष्टि भएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !