जनकपुरधाम, जेठ २६ गते । प्रदेश २ वैश्विक महामारी कोरोना भाइरसको अति उच्च जोखिममा रहेकोले पल पलको सूचना थाहा पाउन संचारकर्मी सहित आम जनता आतुर रहन्छन ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले संचारकर्मी र आम जनसमुदायमा कोरोना भाइरसको रोकथाम, उपचार र अन्य गतिविधि नियमित रुपमा सूचना प्रकाशन र लाखौ रुपैया खर्चेर मिडिया ब्रिफिङ मार्फत जानकारी गराउंदै आएका छन ।

तर एउटै ममन्त्रालयबाट सूचना फरक फरक रहेको पाइएपछि आम जनता त के संचारकर्मी समेत अलमलमा परेका छन । यो फरकपना मन्त्रालय कर्मचारीको लापरवाही र तालमेल आभावको कारण हुने गरेको देखिएको छ ।
आम जनतासम्म सूचना सार्वजनिक गर्न मन्त्रालयले मिडिया ब्रिफिङ मार्फत दैनिक २ लाख रुपैयाभन्दा बढी रकम खर्चदै आएको छ भने सूचना प्रकाशनका लागि मन्त्रालय अन्तर्गतकै स्वास्थ्य महाशाखामा कर्मचारीहरुको एक छुट्टै टिम नै बनाइएको छ । मिडिया ब्रिफिङ टिमको गम्भीर लापरवाहीको कारण प्रत्येक दिन प्रस्तोता सचिव डा. रामप्रसा घिमिरेले गलत सूचना दिने आएका छन ।
सूचना र ब्रिफिङमा फरक कहाँ
यसैक्रममा सोमवार समेत स्वास्थ्य महाशाखाद्वारा जारी सूचना र सचिव घिमिरेले वाचन गरेको मिडिया ब्रिफिङमा फरक फरक तथ्यांक लोकपुकार पता लगायो । सूचना र मिडिया ब्रिफिङमा संक्रमित पुष्टि भई आइसोलेशन कक्षमा उपचाररत तथ्यांकमा देखिएको छ ।
मिडिया ब्रिफिङगमा आइसोलेशन कक्षमा उपचाररत ७ सय ३५ जना भनेका छन तर सूचनामा ७ सय ६५ जना छन । जिल्लागत विभिन्न अस्पतालमा उपचाररत विवरणमा ठूलै फरकपना देखिएको छ ।
सचिव घिमिरले कोरोना पुष्टि भई प्रदेशको सिरहा जिल्ला स्थित महेन्द्र गेनाई कोभिड विशेष अस्पतालमा २६, सिरहा नगरपालिका अन्तर्गत रहेको कोभिड विशेष अस्पतालमा २२ जना गरी ४८ जनाको आइसोलेशन कक्षमा उपचार भइरहेको जानकारी दिएका छन तर सूचनामा ६० जना देखाइएको छ ।

त्यसैगरी धनुषामा प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालमा एक महिला र ९ पुरुष गरी १० जना र लक्ष्मिनियाँ स्थित वीपी मेमोरियल पोलिटेक्निक इन्स्टिच्यूटमा ५ महिला र ७९ पुरुष गरी ८४ गरी कूल ९४ जना मिडिया ब्रिफिङमा भनिएको छ तर सूचनामा एक सयजना देखाइएको छ ।
त्यस्तै महोत्तरीको जलेश्वर अस्पतालमा मिडिया ब्रिफिङले ७५ जना भनेकोमा सूचनामा ८० जना देखाइएको छ भने रौतहटमा चन्द्रनिगाहपुर, गौर, राजपुर फरहदवा, देवाही गोनाही र गरुडाको विभिन्न आइसोलेशन कक्षमा २ सय २२ जनाको उपचार भइरहेको मिडिया ब्रिफिङगमा जनाइएको छ तर सोही मन्त्रालयद्वारा जारी सूचनामा २ सय ४२ जना देखाइएको छ ।
पर्सा जिल्लाको आइसोलेशन कक्षमा उपचाररत तथ्यांक समेत फरक देखिएको छ मिडिया ब्रिफिङले ३९ जना भनेको छ भने सूचनामा ३३ जना मात्र देखाइएको छ ।
यो भन्दापनि बढी गम्भीर लापरवाही सचिव घिमिरेले कुल संक्रमितको संख्याको जोडमा गरेका छन । उनले ६ महिला र १६० पुरुष गरी कुल १ सय ७४ जनामा पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएको बताएका छन । तर ६ र १६० जोडदा १६६ मात्र हुन आउंछ ।
लाखौं खर्चेर मन्त्रालयबाट नै फरक र त्रुटियुक्त सूचना प्रवाह गर्नु भनेको गम्भीर जिम्मेवार व्यक्तिद्वारा चरम लापरवाही रहेको हो भन्ने आरोप लाग्न थालेको छ । यो लापरवाही र त्रुटि पहिलो पटक होइन दिनहुँ हुँदैं आएको छ व्यापक आलोचना पश्चात पनि मन्त्रालयका सचिव र कर्मचारी सचेतता अपनाएको छैन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !