काठमाडौ, जेठ २५ गते । दिनानुदिन कोरोना संक्रमितको संख्या बढदै गएपछि पीसीआर परिक्षण धाई नरहेको अवस्थामा पनि सरकारले ६ वटा मेसिन थन्काएर राखेको छ ।
सरकारमाथि कोरोना संक्रमितको परीक्षणलाई तीव्रता दिन नसकेको आरोप लागिरहेको बेला पनि सरकारले आफ्नै स्वामित्वमा ६ वटा पीसीआर मेसिन प्रयोगविहिन बनाइ राखेको पाइएको छ ।
हाल सातै प्रदेशका २० प्रयोगशालाबाट दैनिक जम्मा ४ हजारभन्दा कम पीसीआर परीक्षण हुने गरेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको बायो टेक्नोलोजी ल्याब, फरेन्सिक ल्याब खुमलटार, आनन्दवन अस्पताल, गोदावरी, लेले, बिऊ बिजन गुणस्तर तथा नियन्त्रण कार्यालय हरिहरभवन, भेटेरीनरी अस्पताल त्रिपुरेश्वर र कृषि अनुसन्धान परिषद् (नार्क) मा रियल टाइम पीसीआर मेसिन थन्काएर राखिएको हो ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा अनुवांशिक वैज्ञानिक गिरि त्रिपाठीले संक्रमितको संख्या बढिरहेका बेला नयाँ मेसिन किन्नु त कहाँ हो कहाँ, भएभरका मेसिन समेत सरकारले प्रयोग गर्न सकेको छैन । ती मेसिनहरु संचालन गरिए सरकारको ६ लाख परीक्षण गर्न सकिनेछ ।
सरकारले सातै प्रदेशमा जडान गरेको २० वटा मेसिनले पनि पूर्ण क्षमतामा काम गर्न सकेका छैनन् । जनकपुर सहितका केही ठाउँमा मेसिन बिग्रेर थन्किएको छ भने त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शिक्षण अस्पताल महाराजगञ्ज र वीर अस्पतालमा क्षमता अनुसार परीक्षण भइरहेको छैन ।
ओम्नीको मेसिन बिग्रिए
कोरोनाको संक्रमण सुरु हुँदै गर्दा सरकारले ओम्नी समूहसँग खरिद गरेका ५ वटा मेसिन पूर्ण रुपमा बिग्रिएर कामै लायक रहेको छैन । केन्द्र सरकारले दिएको पोर्टेबल मेसिनले कामै नगरेपछि गण्डकी र प्रदेश २ ले थन्काएर राखेको छ ।
स्रोतका अनुसार ओम्नीसँग सरकारले महंगोमा खरिद गरेको सबै मेसिन बिग्रेको छ । सरकारले ओम्नीसँग निकम्मा मेसिन खरिद गरेकाले परीक्षणको संख्या बढाउन अवरोध पुगेको प्राध्यापक त्रिपाठी बताए ।
उनले भने सरकारले ओम्नीसँग सवा दूई करोडमा किनेको मेसिन काम नलाग्ने भई त्यतिकै खेर गएको छ । हाल गण्डकी प्रदेशले आफै दुईवटा मेसिन खरीद गरी दैनिक एक सय ८० परीक्षण गरी परिक्षण कार्यलाई तिव्रता दिएको छ । हुनत प्रदेश २ सरकारले पनि जनकपुरका लागि आफै मेसिन खरीद गरेका छन तर जनशक्ति आभावमा क्षमता अनुसारको परिक्षण गर्न भ्याइरहेको छैन ।
यता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रमुख डा. रुना झाले पीसीआर परीक्षणको गति बढाउन नमुनाबाट आरएनए निकाल्ने मेसिन खरिद गर्न लागेको बताएकी छिन ।
कोरोना परीक्षण गर्दा भाइरसमा भएको आरअएनलाई जम्मा गरी पीसीआर मेसिनमा हालेर त्यसको संख्या वृद्धि गरिन्छ । त्यो आरएनए निकाल्ने काम अहिले हातैले भइरहेकाले परीक्षणको गति कम भएको डा. झाले बताइन् ।
‘पीसीआर मेसिन २० देखि २५ लाख सम्ममा आउँछ भने, आरएनए मेसिन डेढ करोड भन्दा बढी मूल्य पर्न जान्छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !