जनकपुरधाम, जेठ २५ गते । एम्बुलेन्सबाट चरेशको तरस्करी गर्ने आरोपमा सर्लाहीबाट तीनजना पक्राउ परेको छ ।
एम्बुलेन्समा लागू औषध ८ किलो चरेश लोड गरी भारततर्फ लग्ने क्रममा सर्लाहीको मलंगवा नगरपालिकाबाट एम्बुलेन्ससहित तीन जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको हो ।

मलंगवा नगरपालिका ८ स्थित झिलमिलीयामाई मन्दिरको बाटो भएर भारततर्फ जाँदै गरेका एक व्यक्तिको साथबाट ८ किलो चरेश बरामद भएपछि सो चरेश एम्बुलेन्समा लोड गरेर भारततर्फ लग्न खोजेको योजना सार्वजनिक भएको छ ।
प्रहरीले शुरुमा मलंगवा ८ का रामदुलार रायलाई ८ किलो चरेससहित पक्राउ गरिएको थियो । प्रहरीले उनीसंग सोधपुछको क्रममा ज १ च १४०७ नम्बरको एम्बुलेन्स चालक मोहन राय यादव र उनका सहयोगी नथुनी ठाकुर समेतले एम्बुलेन्समा राखी भारततर्फ पु¥याउने सहयोग गर्दै आएको बयान दिएपछि प्रहरीले तिनीहरुलाई पनि पक्राउ गरेको ।
रायको बयानपछि चालक यादव र उनका सहयोगी नथुनी ठाकुरलाई नियन्त्रणमा लिएर एम्बुलेन्सको तलासी गर्दा १ सय ३५ ग्राम चरेस फेला परेको कुँवरले बताए । तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यसैबीच सर्लाहीकै धनकौल गाउँपालिका ३ स्थित बागमती नदि छेउबाट पनि लागूऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ ।
बलराबाट राजघाट शंकरपुर तर्फ जादै गरेको ज ४ प २०७४ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा वालटेक्स १०० एमएलको २६९ पिस लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !