जनकपुरधाम, जेठ २४ गते । वैश्विक महामारी कोरोना भाइरसको कारण करीब तीन महिनादेखि बन्द रहेको मालपोत कार्यालयहरु आइतवारदेखि खुल्ने भएको छ ।
कोरोना महामारी रोकथाम एवं नियन्त्रणका लागि जारी लकडाउन भएदेछि बन्द रहेका मालपोत कार्यलय खुल्ने भन्ने भूमि ब्यवस्थापन तथा अभिलेख विभागले एक सूचना प्रकाशित गरी जनाएको छ।

भूमि ब्यवस्थापन विभागको महानिर्देशकमा शेषनारायण पौडेलले मालपोत कार्यालयहरुबाट न्यूनतम सेवा प्रवाह गर्ने सेवा दिने प्रक्रिया अगाडि बढाएका छन । सोही अनुरुप विभागका शाखा अधिकृत कृष्णप्रसाद जोशीले आइतबारबाट मालपोत कार्यालय खोल्न र काम सुचारु गर्न परिपत्र गरेको बुझिएको छ ।
समाजिक दुरी कायम गर्दै भीडभाड नहुने गरी आंशिक रुपमा कार्य गर्न गराउन भनी जोशीको हस्ताक्षरमा प्रकाशित परिपत्रमा भनिएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !