जनकपुरधाम, जेठ २२ गते । वैश्विक महामारी कोरोना भाइरसको संक्रमणको जोखिम मोल लिएर फिल्डमा काम गर्दै आएका पत्रकारहरुको कोरोना बिमा दुर्घटनाका लागि नेकपाका स्थायी समिति सदस्य मातृकाप्रसाद यादवले आर्थिक सहयोग गरेका छन् ।

जनकपुरधाममा सक्रियतापूर्वक विभिन्न सञ्चारमाध्यममा कार्यरत्त रहेका पत्रकारहरुले अति नै जोखिम मोलेर समाचार तथा विभिन्न जानकारीहरु गराउने कार्य गरिरहेकाले पत्रकारको जिउ ज्यान सुरक्षित रहोस् भन्ने उद्देश्यले ५० जना पत्रकारको लागि नेता यादवले सहयोग गरेका हुन् ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रलाई ३० हजार रुपैया नगद हस्तान्तरण गर्दै निवर्तमान उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री समेत रहेका नेता यादवले सहयोग गरेका हुन ।
यस अघि नेपाली कांग्रेस धनुषाका नेता सुनिल कुमार झा मिन्टनले ३० थान प्रेस ज्याकेट फिल्डमा समाचार संकलन गर्दै आएका पत्रकारहरुका लागि उपलब्ध गराएको थियो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !