वीरगंज, जेठ २२ गते । मिथिला वाइल्ड लाइफ ट्रष्टले पर्साको वीरगंज महानगरपालिकामा लकडाउनबाट मार्कामा परेका विपन्न परिवारलाई राहत वितरण गरेका छन ।
वीरगंंज महानगरपालिका वडा नं. १७ अलौं टोलमा रहेका अति विपन्न गरिब, अपांग, एकल महिला, गर्भवती तथा सुत्केरी आमा लगायतका ७५ परिवारलाई ट्रष्टले राहत वितरण गरेका हुन ।
धनुषाको मिथिला बिहारी नगरपालिका ३ को आर्थिक सहयोगमा एकिकृत राहत प्याकेज अन्तर्गत समाजिक दूरी कायम गर्दै खाद्यान्न सामाग्री सहितको राहत वितरण गरिएको कुरा मिथिला वाइल्ड लाइफ ट्रष्टका पर्सा प्रतिनिधि श्रवण प्रसाद साहले बताएका छन ।
विरगंज १७ का वडाअध्यक्ष सुखरानी देवीको विशेष उपस्थितिमा तथा नेपाल युवा परिषद् बारा र भोजपुरी टाइम्स दैनिको समन्वयमा चामल, दाल, आलु, प्याज, खाने तेल, नून, स्वाविन, नुहाउने साबुन, अण्डा, हरियो तरकारी लउका, साग, करैला बोडी लगायत खाद्यान्न सामग्रीको प्याकेज वितरण गरिएको जनाइएको छ ।
मिथिला वाइल्ड लाइफ ट्रष्ट, छोरा छोरी, गानडिज र लास्ट नाइट अ डिजे सेभड माई लाइफ संस्थाहरुको आर्थिक सहयोगमा भोर नामक संस्थासंग मिलेर देशका १५ जिल्लाका २ हजार २ सय ५० विपन्न परिवारका गर्भवती, एकल महिला, सुत्केरी तथा अपांगहरुलाई विशेष राहत प्याकेज प्रदान गर्ने योजना अनुरुप राहत वितरण आएका छन ।
ट्रष्टले यसअघि पर्साको पकहामैनपुर गाउँपालिकाको ४ स्थित मुसहर बस्तीका ८५ घर परिवार, जिराभवानी गाउँपालिका वडा नं. १ पकडीटोलका ३६ घर परिवार र वडा नं. ४ का ३५ घर परिवार र वीरगंज १७ मा ७५ घरपरिवार गरी २ सय ३१ अतिविपन्न परिवारलाई राहत वितरण गरिसकेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !