काठमाडौँ, जेठ २१ गते । कोरोना संक्रमितको संख्या दिनानुदिन बढदै गएपछि अब गम्भीर अवस्थाका आइसोलेशन र भेन्टीलेटर आवश्यक भएका बिरामीलाई मात्रै अस्पताल भर्ना गरिने स्वास्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकालले बताएका छन् ।
बुधवार अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउण्डेशनको पहलमा हेल्थ इन्भ्याइरोन्मेन्ट एण्ड क्याइमेट एक्सन फाउण्डेशनले उपलब्ध गराएको स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री ढकालले सामान्यवास्थाका बिरामीलाई क्वारेन्टाइन वा होम क्वारेन्टाईनमै बताए ।

उनले भने अन्तर्राष्ट्रिय अभ्यास र अध्ययनमा संक्रमित भएकामध्ये ८० प्रतिशत बिरामी सामान्यावस्थाका हुने भएकाले गम्भीर अवस्थाका बिरामीलाई अस्पताल र उपचारको अभाव नहोस् भन्नका लागि गम्भीर अवस्थाका बिरामीलाई मात्रै अस्पताल भर्ना गर्ने सहितका नयाँ नीतिमा सरकार जानेछ ।
उनले मुलुकमा १५ हजारसम्म संक्रमित हुन सक्ने आँकलनका आधारमा त्यसको पाँच प्रतिशतका लागि भेन्टिलेटरसहितको अस्पतालमा राख्न सकिने प्रबन्धमा सरकार लागेको जानकारी दिँदै स्वास्थ्य सामग्रीको अभाव भएका बेला प्राप्त सहयोगलाई अतिआवश्यक ठाउँ हेरेर पारदर्शीरूपमा वितरण गरिने बताए ।
फाउण्डेशनका अध्यक्ष महेश नकर्मीले ३० थान भेन्टिलेटरसहित एक करोड ७० लाख मूल्य बराबरको सामान उपब्ध गराइएको जानकारी दिँदै कोरोना उपचार र रोकथामका क्रममा सरकारसँग मिलेर आगामी दिनमा पनि निरन्तर सहयोग गरिने विश्वास दिलाए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !