जनकपुरधाम, जेठ २१ गते । कोरोना भाइरस महामारी रोकथामका लागि जारी लकडाउनमा वास्तविक पीडीतले राहत पाउन नसकेकोमा नगराईन नगरपालिकाका मेयर नै असन्तुष्ट देखिएका छन ।
लोकपुकारसँग कुरा गर्दै मेयर परमेश्वर यादवले भने हाम्रो नगरपालिकामा करीब ६ हजार परिवारलाई राहत वितरण गरियो तर वडा अध्यक्षहरुले वास्तविक पीडितलाई वितरण नगरी राजनीतिक आस्थाका वितरण गरेको आरोप लगाए ।

उनले प्रदेश सरकारबाट नगरपालिकालाई पाएको १५ लाख रुपैयामा नगरपालिकाबाट करीब ९० लाख रुपैया बराबरको ९ वटै वडामा वितरण गरियो, तर त्यसबाट वास्तविक पीडितलाई नसमेटिएको भनी असन्तुष्टि व्यक्त गरे ।
मेयर यादवले भने वडाध्यक्षहरुले बुझाएको पिडीतको सूचीमा राजनीतिक आस्थाका र समृद्धि व्यक्तिहरु देखेपछि एक महिनासम्म राहत वितरण कार्य रोकेका थियौं । नगरपालिकामा विभिन्न पार्टीका जनप्रतिनिनिध रहेको कारण राजनीतिक दबावपछि सर्वदलीय बैठकबाट वडाध्यक्षहरुलाई सूची सच्याएर वितरण गर्न भनी राहतको सट्टा रकम नै दिएर जिम्मा दिए ।
तर ती सूची नसच्याई गरिएको राहत वितरणको अवस्था हेर्दा निकै चित दुखेको गुनासो गर्दै उनले प्रदेश सरकारबाट दोश्रो चरणको राहत वितरणमा पनि आ आफ्ना मान्छेलाई नै वितरण गरिएको बुझ्नमा आएको भने ।
नगरपालिकाले कोरोना भाइरस महामारी रोकथामका लागि शुरुदेखि नै जनचेतनामूलक सन्देशको प्रचार प्रसार, पालिकाभित्र सेनिटाइज्ड, हातधुने साबुन र मास्क वितरणको कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी समेत मेयर यादवले दिए ।
हाल नगराईन नगरपालिकामा प्रादेशिक स्तरको क्वारेन्टाईन सहित पांचवटा क्वारेन्टाईन संचालनमा रहेको छ । नगरपालिकाभित्र गंगुलीमा प्रादेशिक क्वारेन्टाईन सहित नगराईनस्थित उच्च माविमा, लगमा, देवडिहा र फुलगामामा क्वारेन्टाईन राखिएको छ । हाल १ सय ५० जना ती क्वारेन्टाईनमा शंकास्पद व्यक्त रहेका छन ।
ती क्वारेन्टाईनमा बस्नेदेखि खानेसम्मको व्यवस्थापन नगरपालिकाद्वारा नै गरिदै आएको छ । मेयर यादवले संघ वा प्रदेश कुनैपनि सरकारबाट क्वारेन्टाईन संचालनका लागि आर्थिक सहयोग नभेटेपनि भ्याएसम्मको व्यवस्थापन गर्दै आएको बताए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !