जनकपुरधाम,जेठ २० गते । वैश्विक महामारी कोरोना भाईरसको रोकथाम एवं नियन्त्रणका लागि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिद्वारा धनुषा क्षेत्र नं. ३ का क्वारेन्टाईन र आइसोलेशन केन्द्रहरुमा सुरक्षा सामाग्री प्रदान गरिएको छ ।
कोरोन भाइरस महामारीले सुरक्षाकर्मी एवं स्वास्थ्यकर्मीहरु समेत प्रभावित भईरहेको अवस्थालाई दृष्टिगत गर्दै नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले आफ्ना क्षेत्रमा सुरक्षा सामाग्री प्रदान गरेका हुन ।
दिनानुदिन संक्रमितको संख्या बढ्दै गएको र क्वारेन्टाइनहरुमा खटिएको सुरक्षाकर्मी, स्वास्थकर्मी तथा नेपाली सेनाका जवानहरु समेत संक्रमित हुँदै गएको देखेर नेता निधिले क्वारेन्टाइन र आइसोलेसन केन्द्रहरुमा पीपीई, ह्याण्ड ग्लोवस,एन–९५ मास्क र तापक्रम नाप्ने गन हस्तान्तरण गरेका हुन् ।
क्षेत्रका जनकपुरधाम गोपाल धर्मशालामा रहेको क्वारेन्टाइन, नगराइन नगरपालिका–५ गंगुलीमा रहेको क्वारेन्टाइन, धनौजी गाउँपालिकाका २ वटा क्वारेन्टाइन, डेवडिहा क्वारेन्टाइन, जटही सिमा प्रहरी चौकी, मुखियापट्टी मुसहरनिया गाउँपालिकाका ४ वटा क्वारेन्टाइनमा सो सुरक्षा सामाग्री प्रदान गरिएको हो ।

नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले जनाए अनुसार ती ठाउँहरुमा पीपीई ६० थान, तापक्रम नाप्ने ह्याण्ड गन १० थान, एन–९५ मास्क ६० थान र ह्याण्ड ग्लोवस ६ सय जोडी लगायतका सामानहरु हस्तान्तरण गरिएको छ ।
नेपाल तरुण दल धनुषाका अध्यक्ष संजय लाभ कर्ण तथा उपाध्यक्ष राकेश बिक्रम साह मार्फत धनुषा क्षेत्र नम्बर–३ को विभिन्न क्वारेन्टाइनहरुमा पुगि सुरक्षा सामग्री हस्तान्तरण कार्यक्रममा तरुण दल धनुषाका सदस्य ज्ञानेन्द्र कर्ण, सुभाष झा, राहुल मिश्रा समेतको उपस्थिति रहेको थियो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !