जनकपुरधाम, जेठ १८ गते । सधै विवादित रहदै आएका प्रदेश २ का समाजिक विकास मन्त्री नवल साह पुनः विवादमा तानिएका छन ।
कोरोना भाइरस रोकथाम एवं उपचारका लागि प्रदेशका ८ वटै जिल्ला मध्ये आफ्नो जिल्लालाई ग्राहयता दिएर बढी रकम निकास गरेका हुन । उनको यो गतिविधिले फेरी आलोचनाका शिकार बनाएको छ ।

कोरोना भाइरस उपचारका लागि प्रदेशका ८ वटै जिल्लामा ८ करोड २३ लाख रुपैया निकासा गरेकोमा विभेद गर्दै प्रादेशिक अस्पताललाई मात्र ३१ लाख २५ हजार र आफ्ना जिल्ला सप्तरीमा ३ करोड ५६ लाख रुपैया निकासा गरेको छ ।
मन्त्री साहले आफ्ना निर्वाचन क्षेत्र भारदह अस्पतलाई मात्रै ३ करोड २१ लाख रुपैया निकासा गरेको हो । यी बाहेक समाजिक विकास मन्त्रालयको बजेटबाट समेत विभिन्न अस्पतालहरुलाई रकम उपलब्ध गराएको छ । जसमा सप्तरीलाई ग्राहयतामा राखिएको छ ।
प्रदेश सरकारले गठन गरेको निर्देशक समितिका अनुसार पहिलो चरणमा ३ करोड ९ लाख ५० हजार र दोश्रो चरणमा ५ करोड १३ लाख ७५ हजार गरी ८ करोड २३ लाख ७५ हजार रुपैया कोरोना भारइस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषबाट निकासा गरेको हो ।
समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोना उपचारका लागि विभिन्न अस्पतालाई सप्तरीमा मात्रै ३ करोड ५६ लाख निकासा गरिएको छ । त्यस्तै अन्य जिल्लाहरु सिरहामा १ करोड २ लाख, धनुषामा ३१ लाख २५ हजार, महोत्तरीमा १९ लाख ५०, सर्लाही ५९ लाख २५ हजार, बारामा ३१ लाख २५ हजार, रौतहटमा ७५ लाख ५० हजार र पर्सामा १ करोड १२ लाख रुपैया पठाइएको छ ।
पछिल्लो चरणमा सप्तरीको भारदह अस्पाललाई २ करोड ९० लाख र गजेन्द्रनारायण सिंह अंचल अस्पताललाई २५ लाख, रौतहटको गौर स्थित अस्पताललाई ५६ लाख, सर्लाहीका मलंगवा स्थित अस्पताललाई ४० लाख ७५ हजार र सिरहा जिल्ला अस्पतालाई ६५ लाख गरी रुपैया निकासा गरिएको जनाइएको छ ।
पहिलो चरणमा पर्साको नारायण अस्पताललाई २५ लाख, सप्तरीको भारदहलाई ३१ लाख, गजेन्द्र नारायण सिंह अस्पतालाई १० लाख, सिरहाको लाहान र जिल्ला अस्पताल, महोत्तरी जिल्ला अस्पताल जलेश्वर, सर्लाही अस्पताल मलंगवा, रौतहटको गौर अस्पताल सहितका १९ लाख ५० हजारको दरले र धनुषाको जनकपुरधाम स्थित प्रादेशिक अस्पताल, बाराको कलैया र पर्साको पोखरिया अस्पतालाई ३१ लाख २५ हजारको दरले रकम निकासा गरिएको थियो ।
त्यसैगरी कोरोना भाइरसको पीसीआर परिक्षणमा तिव्रता दिन पीसीआर मेसिन खरीदका नारायण अस्पतालाई लागि ५० लाख रुपैया निकासा गरिएको समेत जनाइएको छ ।
अस्पतलाहरुलाई यी रकम कोरोना संक्रमतिको खाना, उपचारमा प्रयोग हुने सामाग्री, अस्पताल स्तोरन्नति र पीसीआर मेसिन खरीद, सवारी साधन प्रयोग, आइसोलेशन वार्ड निर्माण लगायत कार्यमा प्रयोजनका लागि प्रदेशका ८ वटै जिल्ला स्थित कोरोना उपचारमा संलग्न अस्पतालहरुलाई सो रकम उपलब्ध गराइको जनाइएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !