लहान, जेठ १७ गते । सिरहामा प्रहरी हिरासतबाटै फरार अभियुक्त पक्राउ परेका छन ।
प्राप्त जानकारी अनुसार सिरहाको महेशपुर पतारीस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका ती आरोपितलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्रतिबन्धित लागुऔषध मुद्दाका फरार प्रतिवादी सिरहाको लहान नगरपालिका–२२ का ३१ वर्षीय रामअशीष यादव रहेका छन् ।
गत मंसिर १४ गते इलाका प्रहरी कार्यालय महेशपुर पतारीको हिरासत कक्षबाट फरार यादव सिरहा नगरपालिका–१५ स्थित ससुराली घरमा लुकीछिपी बस्दै आएको प्राप्त गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
यादवसँगै प्रहरी हिरासतबाट फरार अन्य व्यक्ति यसअघि नै पक्राउ परिसकेको जनाएको छ। पक्राउ परेका यादव हिरासतबाट भाग्न उक्साउने मुख्य योजनाकार रहेको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !