जनकपुरधाम, जेठ १७ गते । शनिवार दिउंसो प्रदेश २ मा ५७ जनामा कोरोना पुष्टि भएको छ । यो संगै प्रदेशमा संक्रमितको संख्या ५ सय ५४ पुगेको छ ।
शनिवार समाजिक विकास मन्त्रालयका सचिव मिडिया ब्रिफिंग मार्फत प्रदेशमा हालसम्म संक्रमितको संख्या ५ सय ५४ पुगेको जनाएको छ ।

उनका अनुसार शनिवार आएको पीसीआर परिक्षण रिपोर्ट अनुसार सप्तरीमा ९, सिरहामा ११, धनुषामा ७, रौतहटमा ६, महोत्तरीमा ४, सर्लाहीमा १७ बारामा १ र पर्सामा २ जनामा संक्रमण देखिएको छ । संक्रमितको अवस्था सामान्य रहेको जनाएको छ ।
त्यसैगरी सिरहामा ७, महोत्तरीमा ७ र बारामा २ जना शंकास्पदको आइसोलेशनमा राखि उपचार भइरहेको छ । तिनीहरुको पीसीआर परिक्षण रिपोर्ट आउन बांकी रहेको उनले जनाएका छन ।
प्रदेशका विभिन्न अस्पतालमा शनिवारसम्म सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा २४, सिरहामा १४, धनुषाको प्रादेशिक अस्पतालमा २९, महोत्तरीका जलेश्वरमा १९, सर्लाहीको मलंगवामा २३, रौतहटको चन्द्रनिगाहपुरमा ७, गौरमा २९, फरहदवामा २५, देवाही गोनाहीमा १४ गरुडामा ६६, बाराको कलैयामा ५० र पर्साको गण्डक अस्पतालमा १० जनाको आइसोलेशन राखि उपचार भइरहेको छ ।
जिल्लागत रुपमा हालसम्म सप्तरीमा ४३, सिरहामा २५, धनुषामा ४९, महोत्तरीमा २७, सर्लाहीमा ६२, बारामा ५४, रौतहटमा १८८ र पर्सामा १०५ संक्रमित रहेका छन । यस्तै उपचार पश्चात प्रदेश भरिमा ९८ जना निको भई डिस्चार्ज भइसकेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !