जनकपुरधाम, जेठ १६ गते । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम नियन्त्रणका लागि पुर्व तयारी नगर्दा अहिले धनुषामा कोरोना बिरामीको उपचारमा समस्या भएको छ ।
बिहीवार एक्कासी २९ जना संक्रमति थपिएपछि उपचारका लागि आइसोलेशन बेडको आभाव भएको छ । तिनीहरुलाई अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि सम्बन्धित क्वारेन्टाईन र घरमै होमक्वारेन्टाईनमा राखिएको छ ।

प्रदेशका राजधानी जिल्लाको रुपमा समेत रहेका धनुषा जिल्लामा संक्रमितको संख्या ४१ पुगेको छ । तर उपचारको लागि ३० शैयाको आइसोलशन मात्र रहेको छ । जिल्लाभरिमा उपचारका लागि एकमात्र प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गत कोभिड अस्पतालमा ४२ बेड रहेको उपचारका लागि ३० वटा मात्र राखिएको छ ।
प्रादेशिक अस्पतालमा ४२ बेडको आइसोलेशन भनिएपनि बिरामीका लागि मात्र ३० वटा राखिएको छ बांकी ६ वटा बेड उपचारत निगेटिभ आएका व्यक्ति, २/२ वटा चिकित्सक र गर्भवती महिलाका राखिएको कोभिड अस्पतालका प्रमुख डा. जामुन सिंहले जानकारी दिएका छन ।
उनका अनुसार ३० वटा आइसोलेशन बेडमा धनुषाका संक्रमित ४१ मध्ये १४ जनाको मात्र उपचार भइरहेको छ । सो अस्पतालमा अन्य १६ जनामा केही अर्को जिल्लाको र केही शंकास्पद व्यक्ति रहेका छन ।
बिहीवार थप भएका २९ जना संक्रमित मध्ये १८ जना लक्ष्मिनियाँ गाउँपालिका, ८ जना नगराईन क्वारेन्टाईन र एकजना जनकनन्दनी गाउँपालिकाका हुन । तिनीहरुलाई आइसोलेशन बेडको आभावमा क्वारेन्टाईन र होमक्वारेन्टाईनमा राखिएको छ ।
लक्ष्मिनियाको १८ जना मध्ये क्वारेन्टाईनमा रहेका १० जनालाई क्वारेन्टाईनमै राखिएको छ भने ७ जना गाउँले र एकजना स्वास्थ्यकर्मीलाई घरमै होम क्वारेन्टाईनमा आइसोलेशन बेडको व्यवस्था नभएसम्म बस्न भनिएको गाउँपालिका कार्यालयका प्रशासकीय अधिकृत हरिशंकर यादवले बताए ।
आइसोलेशन बेड थप्ने तयारी
एक्कासी संक्रमित थपिएपछि जिल्ला विपत व्यवस्थापन समिति र समाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले आइसोलेशन बेड थप्ने गृहकार्यमा जुटेका छन ।
जिल्ला विपत व्यवस्थापन समितिको संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी निरौलाले लक्ष्मिनियाँपालिका स्थित सपहीमा रहेको सीटीईभीटीको पोलिटेक्निक क्लिनिक र नगराईन स्थित क्वारेन्टाईनमा आइसोलेशन बेड थप्ने व्यवस्था भइरहेको जानकारी दिएका छन ।
उनले प्रादेशिक अस्पतालमा ठाउँ अपुग भएकोले सपही स्थित सीटीईभीटीको पोलिटेक्निक क्लिनिक र नगराईन स्थित क्वारेन्टाईनमा आइसोलेशन बेड राखेर उपचार कार्यलाई अघि बढाउने तयारी भइरहेको जनाएपछि कति बेडको राख्ने बारे केही खुलाएको छैन ।
स्वास्थ्य महाशाखाका अनुसार बिहीवारसम्म प्रदेशभरिमा ४ सय जना संक्रमित रहेका छन । जसमध्ये पर्सामा ९४, रौतहटमा १०९, बारामा ४९, सर्लाहीमा ४१ महोत्तरीमा २३, धनुषामा ४१, सप्तरीमा २९ र सिरहामा १४ जना संक्रमित भएका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !