काठमाडौ, जेठ १६ गते । लकडाउनका कारण फंसेका भारतबाट फर्किने क्रममा सीमामै मृत्यु भएका अर्घाखाँचीका एक व्यक्तिको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।
प्रमुख जिल्ला अधिकारी विजय पौडेलले मृतक अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका ती युवकको रिपोर्ट पोजेटिभ आएको पुष्टि गरेका छन् । उनीसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

ती युवक गत जेठ १० गते भारतबाट घर फर्किने क्रममा सीमामै मृत्यु भएको थियो । उनको कपिलवस्तु ल्याएर पोस्टमाटम गरिएको थियो ।
त्यहीँबाट स्वाब निकालेर कोरोना परीक्षणका लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । बिहीबार ती मृतक युवकको रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !