जनकपुरधाम, जेठ १६ गते । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई जितेर १६ दिनपछि जनकपुरका पत्रकार वीरेन्द्र रमण अस्पतालबाट डिस्चार्ज भएका छन् ।
गएको वैशाख ३० गते संक्रमण पुष्टि भएपछि वैशाख ३१ गते उपचारका लागि पत्रकार रमणलाई प्रादेशिक अस्पताल अन्तर्गत रहेको कोभिड १९ विशेष अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो । कोरोना संक्रमण भएको १६ दिनपछि बिहीबार निको भएर डिस्चार्ज उनी भएका हुन् ।

जनकपुरको प्रादेशिक अस्पतालमा रहेको आइसोलेसनबाट डिस्चार्ज हुने पत्रकार रमण पहिलो व्यक्ति हुन् । पत्रकार रमण संगै मिथिला नगरपालिका लालगढकी एक महिला र महोत्तरीका बलवा निवासी जनकपुरमा पुस्तक व्यवसाय गर्दै आएका पुरुषलाई समेत उपचारका लागि भर्ना गरिएको थियो ।
पत्रकार रमणको तेस्रो कोरोना रिपोर्ट निगेटिभ आएपछि उनलाई बिहिबार चिकित्सकहरुको रोहबरमा डिस्चार्ज गरिएको चिकित्सक रविरञ्जन प्रसादले जानकारी दिए । पत्रकार संगै उपचारका लागि भएका भएका पुस्तक व्यवसायी र लालगढकी महिलाको तेश्रो रिपोर्ट नआएको कारण डिस्चार्ज गरिएको छैन ।
कोरोना संक्रमण निको भएपछि पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कर्ण, धनुषा शाखाका अध्यक्ष अनिल मिश्र र पत्रकार अजय अनुरागीले उनलाई स्वागत स्वरूप फुलमाला लिएर अस्पताल पुगेका थिए ।
पत्रकारहरुले आफ्नो स्वेच्छाले वैशाख २४ गते कोरोना परीक्षण गराउँदा पत्रकार रमण र पुस्तक व्यवसायीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !