जनकपुरधाम, १५ जेठ । रुकुम र रुपन्देही घटनाका दोषीमाथि कारवाहीको माँग धनुषाका दलित क्षेत्रमा कार्य गर्दै आएका करीब एक दर्जन संघ संस्थाहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई ज्ञापन पत्र बुझाएका छन् ।
बिहीवार गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत ती संस्थाहरुले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएका हुन ।
रुकुमपश्चिम चौरजहारी नगरपालिका ८ निवासी वीर बहादुर मल्ल र प्रकाशी मल्लकी छोरी सुष्मा मल्ल र जाजरकोट जिल्ला भेरी नगरपालिका ४ का नवराज विकबीचको प्रेम सम्बन्ध केटाकेटीको सहमतिमा विवाहमा परिणत हुने क्रममा जेठ १० गते सामूहिक हत्या गरिएको र उनी संगै हत्या गरिएका टीकाराम सुनार र गणेश बुढामगरको हत्यामा संलग्नलाई कारवाहीको मांग गरिएको छ ।
कथित जातीय उचनीचका नाममा प्रेम विछोड गराउन त्यहाँ मच्चाइएको रक्तपात हाम्रो सामाजिक चेतनामाथिकै नमेटिने कलंक हो । यस नरसंहारपूर्ण अत्यन्तै अमानवीय र बर्बरतापूर्ण मानवता विरोधी यस हत्याकाण्डको ज्ञापन पत्रमा निन्दा तथा भत्र्सना समेत गरिएको छ ।
त्यस्तै रुपन्देही जिल्लाको देवदहमा १३ वर्षीया स्थानीय दलित बालिका अंगिरा पासीलाई २५ वर्षीय हत्या भएको जनाइएको छ ।
वर्तमानमा रुकुमपश्चिम चौरजहारीको घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा एक समिति गठन गरेको छ । उक्त टोलीले रुपेन्देहीको घटना समेत छानविन गर्न दलित अगुवाहरुले माँग गरेका छन् ।
हत्याकाण्डमा संलग्न भएका सबैलाई पक्राउ गर्न, वेपत्ताहरुको यथाशिघ्र खोजीकार्यलाई तिब्रता दिन, घट्नाको सत्यतथ्य छनवीन गर्न, पीडितलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउन र हत्यारालाई हदैसम्मको कानूनी कार्वाही गर्न, अब उप्रान्त यस्ता घट्ना नघटाउन र दलित समुदायमाथिको सामाजिक न्याय प्रदान गर्न संघीय संसदबाट संसदीय अनुगमन समिति गठन गर्न माग गरेको छ ।
पासविक अमानवीय हत्याकाण्डको छानवीनका लागि सम्पूर्ण राजनीतिक दल, मानवअधिकार आन्दोलन, नागरिक आन्दोलन, संचारकर्मी र न्यायप्रेमी सबैमा आग्रह समेत गरेको हो ।
ज्ञापनपत्र बुझ्दै धनुषा सहायक जिल्ला अधिकारी प्रमुख शरद पोखरेलले भोलिसम्म गृहमन्त्रालय, सिंहदरबार काठमाडौं पठाउने प्रतिबद्धता जनाएका छन् ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !