जनकपुरधाम, जेठ १५ गते । लामो समयदेखि स्थगित रहेको प्रदेश २ प्रदेश सभाको बैठक जेठ २१ गतेदेखि संचालन हुने भएको छ ।
विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस अघिदेखि नै पुरानो भुक्तानीका विषयमा राजनितीक विवादका कारण स्थगित रहेको प्रदेश सभाको बैठक चौथो अधिवेसनमा सरकारको निति कार्यक्रम तथा बजेट प्रस्तुत गर्न संचालन हुने बताइएको छ ।

प्रदेश प्रमुख तिलक परियारद्वारा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम जेठ २१ गते बुधबार दिनको १ बजे प्रदेश सभाको चौथो अधिवेशन आव्हान गरिएको हो ।
प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले चौथो अधिवेशन आव्हान भएको जानकारी दिए । उनका अनुसार दुरी बनाएर प्रदेश सभा बैठकको तयारी गरिएको छ । प्रदेशको चालू तेस्रो अधिवेशन जेठ १३ गते राति १२ बजेदेखि अन्त्य गरिसकिएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !