गौर, जेठ १५ गते । क्वारेन्टाईन विषयमा भएको विवादमा रौतहटको कटहरिया नगरपालिकामा प्रहरीले हवाई फायर गरेका छन ।
कटहरिया नगरपालिकाले वडा नं १ भसेडवाको भसेडवा माध्यमिक विद्यालयमा क्वारेन्टिन निर्माण गर्न लाग्दा स्थानीयले घना वस्तीमा क्वारेन्टाईन निर्माण गर्न नदिने भनेपछि विवाद शुरु भएको थियो ।

विवाद उग्रह रुप लिएपछि झडप हुँदा स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहीले १२ राउण्ड हवाई फयर गरेको छ । घना बस्तीसँग जोडिएको विद्यालयमा क्वारेन्टिन राख्न नदिने भन्दै स्थानीयले ढुङ्गामुढासमेत गरेका थिए ।
झडपमा परी प्रहरी सहायक निरीक्षक हिरालाल साहको टाउको फुटको छ । प्रदर्शनकारीको ढुंगाले लागेर घाइते भएका उनलाई उपचारका लागि गरुडा ल्याइएको छ ।
स्थानीयसँगको विवादले उग्र रुप लिएर झडपमा परिणत भए पछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक रविराज खड्काले बताए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !