जनकपुरधाम, जेठ १५ गते । प्रदेश २ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय पुगेको छ ।
बिहिवार बिहान ७९ जनामा संक्रमित पुष्टि भएकोमा ७६ जना प्रदेश २ कै रहेको स्वास्थ्य निर्देशनालयले जनाएका छन । निर्देशनालयका अनुसार धनुषाका २९, महोत्तरीका १७, सप्तरीमा १४, सर्लाहीका ७, सिरहामा ६ र रौतहटका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश २ मा पछिल्लो २४ घण्टामा यति धेरै संख्यामा संक्रमित भेटिएकोमा उपचारका लागि आइसोलेशनको समस्या हुने बुझिएको छ । जनकपुरधाम स्थित प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा ४२ बेडको आइसोलेशनमा मात्र ३० वटा बेड उपचारका लागि राखिएको छ ।
अस्पतालका प्रमुख जामुन सिंहका अनुसार ४२ बेड मध्ये २÷२ गर्भवती महिला र चिकित्सक बिरामी हुन सक्ने सम्भावनाका लागि रिजर्व राखिएको छ भने ६ वटा बेड कोरोना निगेटिभ रिपोर्ट आइसकेकालाई डिस्चार्ज नहुञ्जेल त्यसमा राख्नका लागि छुटयाइएको छ ।
हालसम्म प्रदेश २ को पर्सा जिल्लामा ९४, बारामा ४९, धनुषा ४१, रौतहट १०९, महोत्तरी २३, सप्तरी २९, सिरहा १४ र सर्लाहीमा ४१ कुल २ सय ६८ जनामा संक्रमित पुष्टि भएको छ । पर्सामा संक्रमित भेटिएका मध्ये एक जना कैलालीका हुन भने २ जना भारतीय नागरिक रहेका छन ।

संक्रमित व्यक्तिहरु अधिकांश भारतबाट आएका र उनीहरुको सम्पर्कमा गएकाहरुलाई कोरोना संक्रमण भएको समाजिक विकास मन्त्रालयले बताएको छ । नेपाल भारत खुल्ला सीमाको कारण प्रदेश २ मा कोरोना संक्रमणको अवस्था भयाबह बन्दै जानेछ छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !