जनकपुरधाम, जेठ १४ गते । प्रादेशिक अस्पताल जनकपुरको कोरोना विशेष अस्पतालबाट भागेका संक्रमित आफ्नो घरमा फेला परेका छन ।
आइतबार बिहान करिब ३ बजे जनकपुर नर्सिंग कलेजस्थि कोरोना अस्पतालबाट भागेका सर्लाहीको धनकौलका ४५ वर्षीय कोरोना संक्रमित पुरुष आफ्नै घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मानसिक सन्तुलन गुमाएका संक्रमित फरार भएपछि समुदयका अन्य व्यक्तिमा समेत संक्रमणको खतरा बढने दृष्टिगत गर्दै धनुषा र सर्लाहीका प्रहरी टोलीले संयुक्त रुपमा खोजतलाश गर्दै धनकौलबाट फेला नियन्त्रणमा लिई पुनः उपचारका लागि पठाइएको जनाइएको ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले भने उपचारको क्रममा अस्पतालबाट फरार भएको संक्रमित व्यक्तिलाई हामीले उनको घरबाटै फेला पार्यौ । र त्यसलाई नियन्त्रणमा लिई मलगंवा स्थित अस्पतालको आइसोलेशन वार्डमा पठाएका छौं ।
जनकपुरस्थित अस्पतालमा बेड खाली नभएको कारण हामीले मलंगलवासँग समन्वय गरी त्यही उपचारका लागि पठाइ दिएको भने ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !