वीरगञ्ज, जेठ १२ गते । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
गत जेठ ५ गते नै मृत्यु भएका वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचाररत् बिरामीको सोमवार कोरोनाबाट मृत्यु भएको पुष्टि गरिएको हो ।

बारा जिल्ला निवासी ती व्यक्तिको जेठ २ गते नै स्वाव संकलनका लागि पठाइएको थियो । तर मृत्यु भएको एक सातापछि रिपोर्ट आउंदा कोभिड–१९ संक्रमित भएको पुष्टि भएको छ ।
दमका रोगी रहेका ती व्यक्तिलाई निमोनिया भएपछि डाक्टरहरुले कोरोनाको शंका गरी स्वाब संकलन गरेर जेठ २ गते हामीलाई बुझाइएको बताउंदै नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले ४ गते त्यसको रिपोर्ट आयो । त्यसमा पोजिटिभ आएपछि ५ गते पुनः परीक्षण गर्दा केहि अष्पस्टता भएपछि काठमाडौं पठाइएका थियौ भने ।
नेपालमा अहिलेसम्म संक्रमणबाट मृत्यु हुने सबैको कोरोना पुष्टि मृत्यु पश्चात नै भएको छ । पहिलो मृतक सिन्धुपालचोककी सुत्केरी महिला, एक युवक र शिक्षक लगायतका सबैको संक्रमण पुष्टि मृत्यु पश्चात नै भएको हो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !