जनकपुरधाम, जेठ १२ गते । सोमवार देशभरि ७२ संक्रमित थपिए संगै प्रदेश २ मा संक्रमितको संख्या २ सय ३२ पुगेको छ ।
बिहानै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको संक्रमितको सूची सहितको विज्ञप्तिमा प्रदेश २ मा मात्रै ५४ जना नयाँ संक्रमित थपिएको हो ।

सो विज्ञप्ति अनुसार रौतहटमा २६, बारामा २३, धनुषामा ३ र सप्तरीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । रौतहटमा फेला परेका संक्रमित राजपुर नगरपालिका ९ फरहदवा वडा नं. २, ६ र ८ तथा इशनाथ नगरपालिका वडा नं. २ का रहेका छन ।
बाराको गढीमाई नगरपालिकामा २१ जना र कलैया नगरपालिका कोटवाली–१ मा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सप्तरीका दुवै संक्रमित डाक्नेश्वरी गाउँपालिकाका हुन भने धनुषाको तीन वटै संक्रमित नगराइन नगरपालिकाका हुन ।
आइतवार मात्रै प्रदेश २ का ६ जना थपिएको थियो । थपिएका मध्ये पर्सा जिल्लाका ३, बारा, रौतहट र सर्लाहीका १/१ जना रहेका थिए ।
हालसम्म प्रदेश २ को पर्सा जिल्लामा ९३, बारामा ३६, धनुषा ११, रौतहट ४९, महोत्तरी ४, सप्तरी ४, सिरहा १ र सर्लाहीमा ३४ कुल २ सय ३२ जनामा संक्रमित पुष्टि भएको छ । पर्सामा संक्रमित भेटिएका मध्ये एक जना कैलालीका हुन भने ३ जना भारतीय नागरिक रहेका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !