जनकपुरधाम, जेठ ११ गते । सेन्ट्रल इन्जिनियरिङ कलेज जनकपुरका संचालक बिजय झाले प्रदेश २ सरकारले अनुमति दिए कोरोना उपचारका लागि एक सय बेडसम्मको कोभिड अस्पताल बनाउने बताएका छन ।
कलेजका संचालक बिजय झाले संचारकर्मीसँग कुरा गर्दै भने प्रदेश २ का दक्षिण सिमाना भारतसंग जोडिएकोले कोराना महमारीको उच्च जोखिम बढदै गएकोले प्रदेश सरकारले इजाजत दिए आफू एक सय बेडसम्मको कोराना विषेश अस्पताल बनाउने छु ।
झाले भने‘ प्रदेश २ मा प्रत्येक दिन संक्रमितको संख्या बढ्दै छ तर प्रदेशमा भने कोराना विशेष अस्पतालको अभाव छ । त्यसका निमित्त समयमै सचेत नभए स्थिती भयावह हुन सक्छ त्यसैले प्रदेश सरकारको अनुमतिका पर्खाईमा छौं । प्रक्रिया पुरा गरेर इजाजत दिए लगतै निजी खर्चमा अस्पताल स्थापना गर्ने प्रतिबद्धता जनाए ।
हाल प्रदेश २ मा १ सय ७८ जना कोराना संक्रमितहरु छन् ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !