जनकपुरधाम, जेठ १० गते । शनिवार बिहानै प्रदेश २ को सर्लाहीमा १३ सहित सहित ३२ जनामा कोरोना पुष्टि भएको छ । यो संगै प्रदेश २ मा संक्रमितको संख्या १ सय ७२ र देशभरिमा ५ सय ४८ पुगेको छ ।
शनिवार बिहान मात्रै सर्लाहीको गोडैता, कविलासी नगरपालिका १३ जना र बारामा एक जना संक्रमित थपिएको हो । शुक्रवार राति बारामा ६ जना र सप्तरीमा एकजना संक्रमित थपिएको थियो ।
हालसम्म प्रदेशका पर्सा जिल्लामा सबभन्दा बढी ९० जना संक्रमित रहेका छन । अन्य जिल्लाहरु सप्तरीमा २, सिरहामा एक, धनुषामा ८, महोत्तरीमा ४, सर्लाहीमा ३३, रौतहटमा २२ र बारामा १२ जना संक्रमित रहेका छन ।
शनिवारसम्म आइलोसन वार्डमा १ सय ४३ जना उपचारत रहेको र अन्य थप संक्रमितलाई उपचारका लागि ल्याउने क्रम जारी रहेको जनाइएको छ ।
सर्लाहीमा दिनदिनै संक्रमितको संख्या थप्दै गएपनि उपचारको कुनै व्यवस्था रहेको छ । सर्लाहीका संक्रमितलाई उपचारका लागि जनकपुरधाम स्थित प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !