जनकपुरधाम, जेठ ९ गते । शुक्रवार नेपालमा थप दुइ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्राप्त जानकारी अनुसार कपिलवस्तुमा शुक्रबार ९ जना संक्रमण पुष्टि भएका मध्ये दुई जना पत्रकार रहेको छ । दुईजना पत्रकार मध्ये एकजना कपिलबस्तु नगरपालिका वडा नं. ३ तौलिहवाका २९ वर्षका र अर्का वाणगंगा नगरपालिका वडा नं. ८ का २४ वर्षका पुरुष रहेका छन् ।
एकजना पत्रकार महासंघ कपिलवस्तुका कार्यसमिति सदस्य समेत हुन् । उनले स्थानीयस्तरबाट एक अनलाइन सञ्चार माध्यम सञ्चालन गर्दै आएका थिए । अर्का पत्रकार बाणगंगा नगरपालिका चार नम्बरस्थित बुद्ध आवाज टेलिभिजनका सञ्चारकर्मी हुन् ।
धनुषा, बारा उदयपुर १/१ र पर्सा तथा कपिलवस्तुमा २÷२ जना गरी संक्रमित हुने पत्रकारको संख्या ७ पुगेको छ ।
दुबै पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरु उनीहरुको सम्पर्कमा पुगिसकेका पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिला भुसालले बताएका छन । यो संगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ६९ जना पुगेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !