जनकपुरधाम, जेठ ९ गते । पतिको दिर्घायुका लागि मिथिलानी महिलाले मनाउने (बरसाईत) पर्व लकडाउनका कारण यसवर्ष घरमै मनाइएको छ ।
धनुषा प्रहरीले कोरोना भाइरसको रोकथाम एवं नियन्त्रणका लागि जारी लकडाउनको पालना र समाजिक दूरी कायम गर्न सार्वजनिक स्थलको रुखमा भेला भई नमाउन गरेको आग्रहपछि व्रतीहरुले घरमै मनाएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार एक सूचना जारी गर्दै कोरोना संक्रमणको महामारीबाट बच्न नेपाल सरकारले गरेको लकडाउनलाई पालना र कोरोना नियन्त्रणका लागि समाजिक दूरी कायम गर्दै बट सावित्री पर्व सार्वजनिक स्थानहरुमा नगई आ आफ्नो घर भित्रै मनाउन आग्रह गरेको थियो ।
वट सावित्री पर्व मिथिलानी महिलाहरुले “वर” को रुख मुनि भेला भई मनाउने गर्छिन । व्रती महिलाले निरहार भई वर रुखको पुजा र त्यहाँ बसेर सति सावित्रिको कथा सुन्ने परम्परा रहेको छ ।
जिप्रकाको आग्रहपछि व्रती महिलाहरुले वर स साना रुख, हाँगा र पात घरकै आँगनमा गाडेर त्यसलाई वरकै रुख मानेर विधि विधान सहित पूजापाठ गरेकी छिन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !