जनकपुरधाम, जेठ ७ गते । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम एवं नियन्त्रणको पुर्व तयारी स्वरुप धनुषाको धनुषाधाम नगरपालिकाले ५ सय बेड सहितको क्वारेन्टाईन निर्माण गर्न लागेको छ ।
केही दिनयता भारतको विभिन्न शहरबाट नेपाली नागरिक आउने क्रम बढदै गएकोले शंकास्पदहरुलाई राख्न सम्भावित समस्याको दृष्टिगत गर्दै नगरपालिकाले पालिकाको विभिन्न स्थानमा ५ सय बेड सहितको क्वारेन्टाईन निर्माणमा जुटेका छन ।

पालिकाको धनुष माध्यमिक विद्यालयमा ३८ बेडबाट शुरु गरिएको क्वारेन्टाईन हाल सय बेड थपेर १ सय ३८ बेडको बनाइएको छ । सरकारले सीमामा रोकिएका नेपाली नागरिकलाई व्यवस्थापन गर्न तिनीहरुलाई भित्रियाउन लाग्दा बस्ने समस्या हुन सक्छ भनी क्वारेन्टाईनको संख्या धनुषाधाम नगरपालिकाले थप्न लागेको हो ।
लोकपुरकार सँग कुरा गर्दै धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले भने सीमामा रोकिएका नेपाली नागरिक आउने क्रम बढदै गएको कारण क्वारेन्टाईन र बेड संख्या थप्न लागेको हुँ ।
नगरपालिकाको वडा नम्बर ९ स्थित धारापानी माविमा हाल एकसय बेडको क्वारेन्टाईन निर्माण भइरहेको छ र शंकास्पद व्यक्तिको बढेपछि त्यसमा पुर्वाधारको हिसाबले २ सय बेडसम्म लैजाने र थप क्वारेन्टाईनका लागि पालिका भित्र उचितका ठाउँको खोजी भइरहेकोले निश्चित भएपछि ५ सय बेडसम्म पुरयाउने जानकारी उनले दिए ।
हाल धनुष मावि क्वारेन्टाईनमा ३३ जना शंकास्पद व्यक्ति रहेका छन । जसमध्ये ३० जना भारतको विभिन्न स्थानबाट २ जना बारा सिमरा र एकजना कतारबाट आएको शंकास्पद व्यक्तिहरु बस्दै आएका छन । भारतबाट आएका मध्ये ७ जना जटही नाका र अन्य सीमाबाट लुकिछिपी आएका हुन ।
मेयर मण्डलले भने आम जनता कोरोनाबाट आफै जागरुक भइसकेका छन भारत वा अन्य मुलुकबाट लुकिछिपी आएकाहरुलाई गाउँमा बस्द दिदैन । क्वारेन्टाईनमा रहेका मध्ये कयौं यस्ता व्यक्ति छन जसलाई गाउँमा बस्न नदिएपछि तिनीहरुलाई नगरपालिकाले सुरिक्षत साथ ल्याएर राखेका छन ।
सरकारले तोकेको मापदण्ड अनुसार निर्मित सो क्वारेन्टाईनमा बस्नेहरुलाई बिहान बेलुका दुई पटक खाजा र बिहान राति गरी दुई पटक पोषिलो खाना पालिकाबाट उपलब्ध गराइदै आएको जानकारी दिंदै उनले भने प्रत्येक बेड समाजिक दुरीको हिसाबले राखिएको छ भने झुल, पंखा, नुहाउने र शौचालयको व्यवस्था गरिएको छ ।
नियमित रुपमा शंकास्पद व्यक्तिहरुको स्वास्थ्य चेकजाँच चिकित्सक तथा स्वास्थ्यकर्मीहरु गरिदै आएको छ । आरडीटी परिक्षणको व्यवस्था क्वारेन्टाईन भित्रै गरिएको छ भने गएको शनिवार २२ जनाको स्वाब संकलन गरी पीसीआर परिक्षणका लागि काठमाडौ टेकु स्थित अस्पताल पठाइएको जानकारी स्वास्थ्यकर्मी राकेश मिश्राले जानकारी दिए ।
ती क्वारेन्टाईनमा बसेकाहरु मध्ये हालसम्म एकजना पनि पोजेटिभ देखिएको छैन भने पीसीआर निगेटिभ रिपोर्ट आएका दर्जनौ व्यक्तिको स्वास्थ्य परिक्षण भई घर फर्किसकेका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !