जनकपुरधाम, जेठ ६ गते । जनकपुरधामको होस्पीटल रोडमा बिच बाटोमै प्लाष्टिकको झोलामा बेरेर फालिएको अबस्थामा एक नवजात शिशुको शव फेला परेको छ ।
मंगलबार बिहान प्लाष्टिकको झोलामा पोको पारेर काठको डब्बामा राखि फालिएको अवस्थामा शिशुको शव बरामद भएको प्रहरीले जनाएको छ ।
स्थानीयले अवैध सम्बन्धका कारण जन्मिएकोले बच्चालाई कसैले फालेको हुन सक्ने अनुमान गरेका छन् । शिशुको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ भने शव फाल्ने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !