जनकपुरधाम, जेठ ६ गते । कोरोना पुष्टि भएका जनकपुरधामका पत्रकार र पुस्तक व्यवसायीको परिवारको रिपोर्ट निगेटिभ आएको छ ।
तिनीहरुको परिवारका सबै सदस्यको गरिएको पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिएका छन ।

गत हप्ताको बिहीबार संक्रमित पत्रकार र पुस्तक व्यवसायीको कन्ट्याक ट्रेसिङ्गको आधारमा घर परिवारका ९ जनाको स्वाब संकलन गरी परिक्षणका लागि काठमाडौं पठाइएको थियो । पत्रकारका ५ जना र ४ जना गरी ९ जनाको पीसीआर परिक्षण गरिएको थियो ।
यसैगरी संक्रमित व्यक्तिको सम्पर्कमा आएका पत्रकार सहित अन्य ३० जनाको सोमवार पिसिआर थ्रोट र नोजल स्वाब सोमबार संकलन गरी परीक्षणका पठाइए पनि रिपोर्ट आउन नसकेको नेपाल पत्रकार महासंघका अध्यक्ष अनिल मिश्रले जानकारी दिए ।
संक्रमितका परिवारका सदस्यलाई जनकपुरधाम ७ स्थित वडाको क्वारेन्टाइनबाट घर पठाउने तयारी गरिएको वडा अध्यक्ष जानकीराम साहले जानकारी दिए । तिनीहरुलाई बुधवारसम्म घर पठाइने बताइएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !