जनकपुरधाम, जेठ ५ गते । प्रदेश २ मा सोमवारसम्म १ सय ३३ सय जना संक्रमित भएको छ ।
प्रदेश २ मा आईतबारसम्म ५ हजार ५ सय ८५ जना कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुको थ्रोट स्वाब संकलन गरिएकोमा १ सय ३३ जनामा कोरोना पुष्टि भएको हो, सोमवार मात्रै रौतहटमा ९, बारा, १ र धनुषामा १ जना गरी ११ जना संक्रमित देखिएका छन ।
सप्तरीमा ५ सय २३, सिरहामा ६ सय ३०, धनुषामा ७ सय ३५, महोत्तरीमा १ सय ६२, सर्लाहीमा १ सय ९६, रौतहटमा ६ सय ५, बारामा ५ सय ३ र पर्सामा २ हजार एक सय ५९ जनाको स्वाब संकलनमा ४ हजार १६ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ भने एक हजार ४ सय ३६ जनाको रिपोर्ट आउने बांकी रहेके स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यस्तै यस प्रदेशमा अहिलेसम्म ५ हजार ५ सय ५२ जनाको आरडीटी परीक्षण गरिएको छ ।
जसमध्ये सप्तरीमा १ हजार ६३, सिरहामा ४ सय २१, धनुषामा ५ सय १२,महोत्तरीमा २ सय ३०,सर्लाहीमा १ सय ८०,रौतहटमा ५ सय ६६,बारामा १ सय ७४ र पर्सामा २ हजार ४ सय ६ जनाको आरडिटी परिक्षण गरिएकोमा सप्तरीमा ४, धनुषामा ३, सर्लाहीमा २, बारामा १ र पर्सामा १ गरि ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ । आज (आईतबार) बारामा २० र महोत्तरीमा २ गरि २२ जनाको आरडिटी परिक्षण गरिएको छ ।
आरडिटी विधिबाट गरिएको परिक्षणमा सप्तरीमा १ हजार ५९, सिरहामा ४ सय २१,धनुषामा ५ सय ९,महोत्तरीमा २ सय ३०,सर्लाहीमा १ सय ७८,रौतहटमा ५ सय ६६,बारामा १ सय ७३ र पर्सामा २ हजार ४ सय ५ गरि कुल ५ हजार ५ सय ४१ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रदेशमा १ सय ३३ संक्रमित मध्ये ९० जना पर्साका, २२ जना रौतहटका, ५ जना बाराका, ६ जना धनुषाका, ४ जना महोत्तरीका, ४ जना सर्लाहीका, १÷१ जना सिरहा र सप्तरीका रहेका छन ।
पर्सा जिल्लामा पीसीआर परिक्षण मार्फत संक्रमण प्रमाणित भएका ६३ जना पुरुष र ८ जना महिला गरि कुल ७१ जनाको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा एवं १७ पुरुष र ८ महिला गरि कुल २५ जनाको वीरगञ्ज महानगरपालिकास्थित सिद्धार्थ स्कुल परिसरमा निर्माण गरिएको आईशोलेसन कक्षमा उपचार भइरहेको छ ।
जनकपुरधामको प्रादेशिक अस्पताल परिसरमा अवस्थित नर्सिङ्ग क्याम्पसमा निर्माण गरिएको आईशोलेसन कक्षमा २ महिला र ४ पुरुष गरि कुल ६ जनाको उपचार भइरहेको छ । त्यस्तै सप्तरी जिल्लाको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा रहेको आईसोलेशन कक्षमा एकजना संक्रमित युवकलाई राखिएको छ ।
रौतहटको राजपुर र इशनाथ नगरपालिकाका १० जनालाई गौरमा तयार पारिएको आइसोलेशन सहितको कोविड लेभल १ अस्पतालमा उपचार भइरहेको जिल्ला अस्पताल गौरका डा. कृष्ण साहले बताएको छन ।
त्यस्तै वीरगञ्जको गण्डक हस्पिटललाई पनि कोभिड अस्पतालमा रुपान्तरण गरिएको छ । गण्डकी अस्पतालमा ७० बेडको आइसोलेसन कक्ष तयार गरिएको हो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !