मलंगवा, जेठ ४ गते । प्रेस लेखिएको भारतीय मोटरसाइकलबाट सर्लाहीमा दुई जना हतियार सहित पक्राउ परेको छ ।
पक्राउ पर्नेमा बिष्णु गाउँपालिका ३ बस्ने २५ बर्षीय मदन साह कानु र भारतको सीतामढी जिल्ला मरहाडिहका १९ बर्षीय अनिश साह रहेको प्रहरीले जनाएको छ ।
हतियारसहित दुवै जना मोटरसाइकलमा घुमिरहेको सूचना आएपछि प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको संयुक्त टोलीले ती मोटरसाइकललाई आइतबार बिहान नियन्त्रणमा लिई चेकजाँच गर्दा हतियार बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने १ राउण्ड गोली, अर्को चाइनिज पेस्तोल एक थान, त्यसको म्यागेजिन र ५ राउण्ड गोली बरामद भएको डिएपी मदन कुँवले जनाकारी दिएका छन ।
लकडाउनको बेला भारतीय नम्बरको प्रेस लेखिएको मोटरसाइकल देख्दा शंका लागेपछि श्रोतले प्रहरीलाई जानकारी दिएपछि प्रहरीले गाउँपालिका ३ विश्वनाथ टोलस्थित बाँसघारीबाट चेकजाँच गर्दा बीआर ३० एम ६७८७ नम्बरको प्रेस लेखिएको मोटरसाइकल र त्यसमा सवार व्यक्तिलाई हतियार सहित पक्राउ गरेको हो ।
उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !