जनकपुरधाम, जेठ ४ गते । जनकपुरधामको राम चौक स्थित धनुष सागर पोखरीमा एक युवकको शव फेला परेको छ ।

आइतबार बिहान पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको शवको पहिचान हुन सकेको छैन । घटनास्थलमा धनुषा प्रहरी पुगेर शव निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको छ ।
धनुषसागरमा भेटिएको एक पुरुष अन्द्दाजी ३५ वर्षको रहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !