राजविराज, जेठ ३ गते । लकडाउनको अवधिमा बलात्कार घटना बढदै गएको छ । सप्तरीमा वैशाख महिनामा मात्रै ३ वटा बलात्कारको घटना घटेको छ, आरोपितहरु पक्राउ समेत परेको छ ।
पछिल्ललो पटक बिहीवार बोल्न नसक्ने एक अपांग बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीबाट एक युवकलाई प्रहरीले पक्राउ परेका हुन । जिल्लाको अग्निसाइर कृष्णसवरण गाउँपालिका ३ मट्टिगढाका २० वर्षीय आशाराम राम प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको हो ।
गाईबस्तु चराउन गएकी अपाङ्ता भएकी १२ वर्षीया बालिकालाई झाडीमा बलात्कार गरेको देखेपछि एक गाउँलेले अन्य गाउँलेलाई बोलाएर आरोपितलाई नियन्त्रणमा लिई पिडीत बालिकालाई उपचारका लागि अस्पताल पुरयाएका थिए ।
पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताएका छन ।
लकडाउनको अवधिमा यसअघि बलात्कारका दुई घटना भइसकेको छ । घरमा सुतिरहेकी १६ वर्षीया बालिकालाई वैशाख २१ गते राति बलात्कार गरेको आरोपमा राजगढ गाउँपालिका ४ बेल्ही चपेना छातापुर टोलका २५ वर्षीय शम्भुकुमार राम घटनास्थलबाटै पक्राउ परेका थिए ।
घटनास्थलबाटै पक्राउ परेका आरोपितलाई गाउँलेले नियन्त्रणमा लिई कुटपिट गरेर सुरक्षा बेस क्याम्प पत्थरगाढाको जिम्मा लगाएका थिए ।
त्यसैगरी वैशाख ३ गते राति १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजगढ गाउँपालिका–२ कमलपुरका २० वर्षीय रामजीवन यादव पक्राउ परेका थिए । उनी हालै जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि राजविराज कारगारमा थुनामा परेका छन् ।
लकडाउनका बेला उत्पन्न सुनसान अवस्थाको मौका छोपेर बलात्कारका घटना हुने गरेको प्रहरीले जनाएको छ । प्रहरी, प्रशासन सबै निकाय लकडाउन कार्यान्वयनमा केन्द्रित भएका बेला बलात्कारका घटना अझ धेरै भएको अधिवक्ता गजराज पाण्डेको भनाइ छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !