बिरगंज, जेठ ३ गते । आइसोलेशनबाट संक्रमित भागेमा गोली हान्न सक्ने निर्णय जिल्ला संकट व्यवस्थाप समितिले पर्साले संशोधन गरेको छ ।
अस्पतालबाट कोरोना संक्रमण देखिएको आइसोलेसनबाट भाग्ने बिरामीलाई गोली चलाउने गरेको निर्णयको चर्को विरोध हुन थालेपछि जिल्ला संकट व्यस्थापन समिति पर्साले गोली समेत चलाउन निर्णय संशोधन गर्दै बल प्रयोग गर्न सक्ने भनी संशोधन गरेको हो ।

आम सर्वसाधारण र सरोकारवालाहरुले चर्को विरोध गरेपछि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले विज्ञप्ति जारी गर्दै सो निर्णय संशोधन गरेको हो ।
अब उप्रान्त भर्ना भएका संक्रमित व्यक्ति भाग्न नदिन सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ मा भएको व्यवस्था बमोजिम आवश्यकता अनुसार बल प्रयोग गर्दै नियन्त्रणमा लिने ।’, संशोधन गरिएको विज्ञप्ती उल्लेख छ ।
यसअघि, बिहीवार पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकमा कोरोना संक्रमण देखिएर अस्पतालको आइसोलेसनमा रहेका बिरामी भाग्न खोजे सुरक्षाकर्मीले बल प्रयोग गर्ने र आवश्यकता परे गोली समेत चलाउन सक्ने भन्ने निर्णय गरिएको थियो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !