जनकपुरधाम, जेठ २ गते । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम नियन्त्रणका लागि देशभरि जारी लकडाउको बेला धनुषाको एक स्थानीय तहमा जनप्रतिनिधिले विद्यालय खोलएका छन ।
धनुषाको शहीद नगरपालिका वडा नम्बर ८ मा शुक्रबार बालबालिका पाठ्य पुस्तक दिने उद्देश्यले विद्यालय खोलाएका हुन । सो पुस्तक लिन आधारभूत विद्यालय डुमरियामा शुक्रबार बिहान झण्डै दुईसय बालबालिका भेला भएका थिए ।

लकडाउनको बेलामा विद्यालय किन खोल्नु परेको जिज्ञासामा प्रधानाध्यापक अशोक यादवले भने नगरपालिकाबाट पुस्तक वितरण गर्न दवाब आएकाले खोल्नु परेको बताए ।
‘नगरपालिकाले दबाव दियो, त्यसपछि हामीले लकडाउनकै बेलामा पुस्तक वितरण गर्न बालबालिकालाई बोलाएका हौं’ उनले भने । यो मात्र होइन, शहीद नगरपालिकाभरिका अधिकांश विद्यालयले शुक्रबार पाठ्यपुस्तक वितरण गरेको छ ।
पुस्तक वितरणको फोटो नै समाजिक संजालमा सार्वजनिक गरिएको छ । जसमा विद्यालयका प्रधानाध्यापक यादव र वडाध्यक्ष तनुकलाल स्वयं उपस्थित छन । वडा नम्बर ८ कै आधारभूत विद्यालय नाथपट्टीमा त पुस्तक वितरण गर्न वडा अध्यक्ष तनुकलाल स्वयं पुगे। आफ्नै हातबाट बालबालिकालाई पुस्तक वितरण गरेका हुन ।
नगरपालिकाका कार्यकारी अधिकृत नन्दकुमार झा पाठ्यपुस्तक वितरण गर्न भनिएपनि भीड लगाउन नभनिएको हो, त्योपनि विद्यालय खोलेर विद्यार्थीको घर घरमा समाजिक दूरी कायम गरेर वितरण गर्न भनिएको हो । विद्यालय खोलिएको बारे बुझ्छु बताए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !