जनकपुरधाम, जेठ १ गते । धनुषाको शहीदनगर नगरपालिकाले प्रदेश २ मा तिव्रगतिमा बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै लकडाउनमा कडाई गरेको छ ।
धनुषामा दुई जना संक्रमित भेटिएपछि शहीदनगर नगरपालिका सहित विभिन्न पालिकाले सर्तकता अपनाउन थालेको छ ।

यसैक्रममा शहीदनगरले कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सेवा बाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको छ ।
बिहीवार मेयर उदयकुमार बरबरियाले एक विज्ञप्ती जारी गरी कोरोना जोखिमबाट बाच्नका लागि कडाइका साथ बन्दाबन्दीको पालना गर्नुपर्ने अति आवश्यक भएकाले नगरपालिकाका स्वास्थ्य सेवा बाहेक सम्पूर्ण कार्यालय बिहीबारदेखि जेठ ५ गतेसम्मका लागि बन्द गरिएको जनाएको छ ।
शहीद नगरपालिका मात्र नभई जिल्लाका केन्द्र जनकपुरधाममा समेत लकडाउनमा कडाई गरिएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !