जनकपुरधाम, धनुषा र महोत्तरीमा २/२ जना सहित मंगलवार थप २६ जनामा कोरोना पुष्टि भएको छ । मंगलवार मात्रै एकै दिनमा ८३ जना संगै नेपालमा संक्रमितको संख्या २ सय १७ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षण अनुसार पछिल्लो पटक २६ संक्रमित मध्ये पर्साका १८, धनुषा र महोत्तरीका दुई, भक्तपुरका २, काठमाडौँ र सर्लाही एकएक जना संक्रमित रहेका छन ।
प्रदेश २ का धनुषा, महोत्तरी र सिरहा सहितका तीन वटा जिल्ला कोरोना संरक्षित रहेको थियो । मंगलवार राति राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँले सार्वजनि गरेको परीक्षण रिपोर्टमा धनुषा र महोत्तरी पनि परेका हुन ।
धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ भने महोत्तरीमा १६ र ३५ वर्षीय पुरुष रहेका छन । त्यस्तै पर्सामा २२, २८, २८, ३२, ४५ र ६० वर्षीया महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१ र ६१ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
यो संगै प्रदेश २ मा संक्रमितको संख्या ९५ पुगेको छ । जसमध्ये पर्सामा ८२, बारा, रौतहटमा ३÷३, धनुषा, महोत्तरी, सर्लाहीमा २÷२ र सप्तरीमा एक जना रहेको छ ।
यसरी बढदैछ नेपालमा संक्रमितको संख्या
नेपालमा पहिलो एक सयजना पुग्न एक सय ६ दिन लागेको छ भने दोश्रो सय संक्रमित संख्या पुग्न मात्र ५ दिन लागेको छ । पछिल्लो तथ्यांकले नेपालमा पनि कोरोना महामारी उच्च जोखिको ढोका खटखटाएको छ ।
नेपालमा गत माघ ९ गते चीनबाट आएका एक पुरुषमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको दुई महिना २ दिनपछि चैत १० गते फ्रान्सबाट आएकी महिलामा कोरोना पुष्टि भएको थियो ।

त्यसयता १ सय ६ दिनपछि वैशाख २५ गते नेपालमा संक्रमितको संख्या १०१ पुगेको थियो । पहिलो सय जना संक्रमित भेटिन १ सय ६ दिन लागेको नेपालमा दोस्रो सय जना भेटिन ५ दिनमात्रै लागेको हो ।
विज्ञहरु भन्छन संक्रमणको वृद्धिदर सय पुगेपछि ह्वातै बढने गरेको छ । सयबाट १५ सय पुग्न मुश्किलले एक लाग्ने गरेको विभिन्न संक्रमित देशहरुको तथ्यांकले देखाएको छ ।
जनस्वास्थ्यविद् डा. सिद्धि अर्यालले अरु देशमा संक्रमितको संख्या १ सय पूरा भएपछि थप १५ सय पुग्न धेरै समय नलागेको बताउँदै नेपालमा टेस्ट किटको अभाव र परीक्षण दायरा कम हुनुले कम देखिएको र परीक्षणको दायर बढाउँदासाथ संक्रमितको संख्या पनि बढ्ने बताए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !