काठमाडौ, वैशाख ३० गते । सुर्खेतमा एक प्रहरी जवान मृतावस्थामा फेला परेका छन् ।
जिल्लाको सिम्ता गाउँपालिकाको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का सोमबार रातिदेखि पेस्तोल र गोलीसहित सम्पर्क्विहिन थिए तर मंगलवार मृत अवस्थामा फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्तकुमार पन्तले मंगलबार बिहान ९ बजेतिर चौकीदेखि एक किलोमिटर दूरीमा मृत फेला परेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धानका लागि आग्रीगाउँतर्फ प्रहरी टोली परिचालन गरेको छ। जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले मृत भेटिनुको कारण अनुसन्धानपछि मात्र खुल्ने बताए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !